आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

बंगलादेशका स्टार ब्याटरले एसिया कप गुमाउने

काठमाडौँ- बंगलादेशका स्टार ब्याट्सम्यान लिटोन दासले आजबाट सुरु हुने एसिया कप गुमाउने भएका छन् ।

ज्वरोका कारण विकेटकिपर ब्याट्सम्यान दासले एसिया कपका सबै खेल गुमाउने आईसीसीले जनाएको छ ।

उनी एसिया कपका लागि श्रीलंकाका पुगेका छैनन् । दासको स्थानमा बंगलादेशले ३० वर्षीय विकेटकिपर ब्याटर अनामुल हक विजोयलाई टिममा समेटेको छ ।

विजोयले बंगलादेशका लागि ४४ एकदिवसीयमा १ हजार २ सय ५४ रन जोडेका छन् ।

समूह ‘बी’ मा रहेको बंगलादेशले पहिलो खेल श्रीलंकाविरुद्ध अगस्ट ३१ मा खेल्ने तालिका रहेको छ ।