रिलिज पूर्वसन्ध्यामा 'ऐंचो पैंचो' को प्रिमियर

काठमाडौँ- कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचोको रिलिज पूर्वसन्ध्या प्रिमियर शोको आयोजना गरिएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र राजनीति हस्तीको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा सिनेमाकर्मीहरुका साथै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेतलगायतको उपस्थिति थियो । प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाई खुसी देखिएकी छन् । दर्शकले पनि सिनेमा रुचाउनेमा उनी विश्वस्त देखिइन् ।
सिनेमा अभिनेत्री राउतले गम्भीर भूमिकामा मनछुने अभिनय गरेको भन्दै प्रायःले प्रिमियरमा उपस्थित पाहुना उनको प्रशंसामा शब्द खर्चिए । अभिनेता सुशील सिटौलाको अभिनयको पनि तारिफ भएको थियो ।
निर्देशक शोभित बस्नेतले ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने बताएका छन् । सबै राजनीतिकर्मीले सिनेमा हेर्नेपर्ने उनी बताउँछन् । उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेको बताए ।
त्यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सिनेमा राम्रो रहेको बताउँदै राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन् । अभिनेता संजोग कोइरालाले सिनेमा समसामयिक रहेको र हेरुन्जेल मज्जा आएको प्रतिक्रिया दिए ।
नेकपा एसका नेता तथा सांसद् प्रेम आलेले सिनेमा असाध्धै राम्रो बनेको भन्दै प्रशंसा गरे । राजनीतिकर्मीहरुले आफूलाई सच्चाउनुपर्ने सन्देश सिनेमाले दिएको उनको बुझाई छ । सांसद् शोभिता गौतमले सिनेमाले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन् । अर्का सांसद् ज्ञानेन्द्र शाहीले सिनेमाले अहिलेको नेपालको यथार्थ पक्ष देखाएको बताएका छन् । सिनेमामा कुनै बनावटी नभएको र राजनीतिज्ञकै कथा देखाएको उनको बुझाई छ ।
फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ । ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ ।
पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह(निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया