भेनिसमा ‘द रेड सुटकेस’ काे प्रिमियर, १३ सयले हेरे एकैसाथ

भेनिस । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको चलचित्र ‘द रेड सुटकेस’को प्रिमियर भएको छ । चलचित्र १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।
प्रिमियरमा सहभागी हुन नेपालबाट निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल केही दिनअघि भेनिस झरेका थिए भने छायाँकार सुशन प्रजापति र कलाकार सौगात मल्ल र विपिन कार्की बिहीबार साँझ भेनिस आइपुगेका थिए । लन्डनमा रहेकी सृष्टि श्रेष्ठ पनि बिहीबार साँझ मात्र झरेकी थिइन् ।
प्रिमियरअघि फिल्मका निर्देशक,निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए । यसपछि भने उनीहरु भेनिसको रेडकार्पेड हिँडेका थिए । भेनिसको समय अनुसार ठीक २ बजे चलचित्रको स्क्रिनिङ सुरु भएको थियो ।
डेढ घन्टा हाराहारीको चलचित्र प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए । मन पराएको फिल्मलाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा फेस्टिभलमा रही आएको छ । भेनिसमै यो साल पुअर थिंक्सका लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।
फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक रहेको थियो । फिल्मको प्रदर्शनपछि दर्शकले चलचित्रको कथासँग नेपाली समाजको साइनो र फिल्म भित्र निर्देशक फिडेल देवकोटाले राखेका साँकेतिक दृश्यहरु बारे जिज्ञासा राखेका थिए ।
योबाहेक दर्शकले छायांकनको छनौट र नेपाल र श्रीलंकाबीचको सहकार्यको कुरालाई अनौठो मानी जिज्ञासा राखेका थिए ।
नेपालले धेरैजसो समय युरोपियन निर्मातासँग सहकार्य गरेर चलचित्र बनाउने गरेको छ । तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो । यो फिल्मका सम्पादक पनि श्रीलंकन नै हुन् ।
चलचित्रले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गर्छ । तर ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैनन् । चलचित्रमा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा फिल्मभित्र रोचक भूमिकामा छन् ।
शुक्रबार नै चलचित्रले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको छ । स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू फिल्म बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको सर्टिफिकेटमा उल्लेख छ । कलाको कर्पोरेटाइजेसनको विरुद्धमा रहेको यो संस्थाले सडक छेऊको सानो कुनामा छोटो औपचारिक कार्यक्रम गर्दै फिडेल लगायत अन्य विजेतालाई ट्रफी हस्तान्तरण गरेको थियो ।
भेनिसको समापन आज शनिबार हुँदैछ । आज साँझ हुने समारोहमा यो वर्षका विभिन्न विधाका विजेताको घोषणा हुनेछ ।

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

प्रतिक्रिया