राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज खेल खेले : वरिष्ठ अधिवक्ता शम्भु थापा
काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् । सभामुख अग्प्रिसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग गरेको छलफलमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेको आरोप लगाएका हुन् ।
‘संविधान सभाको संविधान कहिल्यै मर्दैन । यो संविधान संविधान सभाले बनाएको हो । अर्काे संविधान बन्ने प्रक्रिया छैन,’ उनले भने, ‘संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ ।’
बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कस्ले दिएको भन्दै थापाले प्रश्न गरे ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया