अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

काठमाडौँ- अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरु डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो सालको अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टरार्इ सदस्य रहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया