संवैधानिक इजलासमा प्रधानन्यायाधीशको रोजाइ : तेस्रो वरियताकी 'आउट', १२ औँका 'इन'

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासमा वरिष्ठताका आधारमा नभई ‘छनौट’का आधारमा न्यायाधीशलाई सामेल गराएका छन् । राणाले संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ छानेका छन् ।
जसमा दोस्रो वरियताकामा रहेका कार्की, सातौँ वरियताकाका भट्टराई, ११ औँ वरियताकाका केसी र १२ औँ वरियताकामा रहेका श्रेष्ठ सामेल गरिएका छन् । अघिल्लो पटक संवैधानिक इजलासमा सामेल न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधानलाई इजलासमा यो पटक छानिएन ।
तेस्रो वरियाताकी मिरा खड्का, पाचौँका विश्वम्भरप्रसाद श्रेष्ठ, छैठौँका ईश्वरप्रसाद खतिवडा, आठौँका अनिककुमार सिन्हा, नवौँका प्रकाशमान सिंह राउत, दशौँ वरियताककी सपना प्रधान मल्ल छनोटमा परेनन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी रिट छिनोफानो गर्ने संवैधानिकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संलग्न थिए ।
कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको छ । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।
उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका छन् । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुन:स्थापना निम्ति १९ वटा रिट परेका थिए । प्रधानन्यायाधीश राणाले बिहीबार ती रिटहरूलाई सुनुवाई निम्ति संवैधानिक इजलासमा पठाउने निर्णय लिएका थिए । प्रतिनिधि सभा पुन:स्थापनाकै विषयमा परेका अरु थप रिट परेका थिए । ती सबै रिटहरूको संवैधानिक इजलासमै सुनुवाई हुनेछ ।
अल्मपतका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने गरी शासकीय मैदान छाडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ६ मा संविधान धारा ७६ (५) बमोजिम को प्रधानमन्त्रीमा दाबी गर्न २१ म्याद दिंँदँ आह्वान गरेकी थिइन् । जुन धारामा प्रतिनिधि सभाका कुनै सदस्यले आफूलाई बहुमत सदस्यहरूको समर्थन भएको देखाएमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त र शपथ गर्नुपर्ने प्रावधान छ ।
त्यो धारा अनुरुप प्रधानमन्त्रीको दाबी गर्नेले बहुमत सांसदहरूको हस्ताक्षर देखाएमा नियुक्त गर्न सक्ने प्रावधान छ । त्यही प्रावधान अनुरुप कांग्रेस सभापति देउवा १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री पदको दाबीपत्र प्रस्तुत गरेका थिए ।
उता लिखित रुपमै आफूसँग बहुमत नभएको निर्णय सार्वजनिक गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आश्चर्यजनक’ रुपमा १५३ सांसदहरूको बहुमत भएको दाबी राष्ट्रपति कार्यालयमा बुझाएका थिए । त्यसरी कृत्रिम बहुमत देखाउन सक्ने प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र फेरि बहुमत दाबीलाई गर्नुले संविधानलाई ‘खेलौना’ बनाउन चाहेको स्पष्ट हुन्छ । त्यसमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीको ‘बद्नियत’का सम्बन्धमा पनि व्याख्या गर्ने नै छ ।
राष्ट्रपति भण्डारीले देउवा र ओलीको दावीलाई अस्वीकार गर्दैै मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । उनको त्यो निर्णयसँगै केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद यथावत् मिल्यो भने मुलुक महाव्याधिबीच मध्यावधि निर्वाचनमा होमिएको छ ।
न्यायाधीशहरूको वरियता

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया