अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यामा सम्पन राष्ट्रिय अधिवेशनबाट राहुल केसी अध्यक्ष सहित १३ जनाको समितिको घोषणा गरिएको छ ।
इनास अमेरिकाका २०२१ -२०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार , द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा, प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह- कोषाध्यक्षमा मनिष शर्मा छन् । यसैगरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने र सदस्यहरुमा अनिल तिमल्सेना, अरुणा कार्की ,गोपाल अधिकारी अमिता लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् यसैगरि विभिन्न राज्य समितिमा पदाधिकारी, सदस्य निर्वाचित भएका छन ।
केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष, मेरिल्याण्डको अध्यक्षमा लक्ष्मण पौडल , भर्जिनियाको अध्यक्षमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्की तथा मेरिल्याण्डका नेपाली मूलका विधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेशन शुरु गरेका थिए ।
अधिवॆशनमा रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली ,नायक रमेश उप्रेती तथा गायिका प्रविशा अधिकारीलाई विशेष सम्मान गरिएको थियो २०२१-२०२३ का अध्यक्ष कन्हैया सिंह परियारले आफ्नो मन्तव्य राख्दै२०२१-२०२३ को समितिलाई विघटन गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया