अक्षय कुमारले डिप्रेसनमा पुर्याएको रणदीप हुड्डाको आरोप

मुम्बई - बलिउड अभिनेता रणदीप हुड्डाले आफू एक समय डिप्रेसनको सिकार भएको र यसको कारण बलिउड खेलाडी अक्षय कुमार भएको आरोप लगाएका छन् । रणदीपका अनुसार सन् २०१६ मा राजकुमार सन्तोषीको फिल्म ‘ब्याटल अफ सारागढी’ को घोषणा भएको थियो र फिल्ममा रणदीप मुख्य भूमिकामा थिए ।
यसैबीच सन् २०१८ मा अक्षय कुमारले ‘केसरी’ बनाए र सोही वर्ष फिल्म पनि रिलिज भयो । दुवैको कथा एउटै मुद्दामा आधारित थियो । बक्स अफिसमा‘केसरी’ सफल भयो जबकि रणदीपको फिल्म रिलिज नै हुन सकेन । जसका कारण उनी निकै डिप्रेसनमा गएका थिए ।
अभिनेताले भने, ‘फिल्म बनाउन ३ वर्ष लाग्यो । मैले यो फिल्मका लागि कडा मेहनत गरें। फिल्ममा ईशर सिंहको भूमिका निर्वाह गर्न मैले यी तीन वर्षमा कपाल र दाह्री बढाएँ । यो अवधिमा मैले धेरै फिल्मको अफर अस्वीकार गरें। फिल्म रिलिज नभएपछि म डिप्रेसनमा गएँ । मलाई कसैले ठूलो धोका दिएको जस्तो लाग्थ्यो ।
फिल्म रिलिज नहुँदा रणदिप हुड्डा निकै प्रभावित भएका थिए । कसैले दाह्री काट्छ कि भन्ने डरले कोठामा ताला लगाएको उनले बताए । अभिनेताले थप भने, ‘कतिसम्म भने मेरा आमाबुवाले मलाई एक्लै छोड्नुभएन। म यो कुराबाट धेरै प्रभावित हुन थालेँ। त्यसपछि मैले निश्चय गरें कि म यो डिप्रेसनको घटना दोहोराएर अब कहिल्यै हुन दिन्न।’ रणदीप हुड्डा चाँडै ‘वीर सावरकर’मा देखिने छन्।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया