बुुद्धिसागरले सार्वजनिक गरे ‘उसले दिएको उमेर’

काठमाडौँ- लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक गरेका छन् । लेखक बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका छन् । उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन् ।
‘एउटा पुस्तक प्रकाशन भएपछि नयाँ पुस्तक कहिले आउँछ भनी पाठकहरूले प्रश्न गर्ने गर्नुहुन्छ । यसअघि मैले दुई तीन वर्षपछि अर्को पुस्तक ल्याउने गर्थें । तर, यसपालि मैले आफैँलाई मनपरेका मेरा केही संस्मरणलाई यो पुस्तकमा उतारेको छु,’ लेखक बुद्धिसागर भन्छन्, ‘यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन्, जसलाई म मेरा पाठकहरूसँग साझा गर्न चाहन्छु ।’
पुस्तक ‘उसले दिएको उमेर’ मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखक भन्छन्, ‘साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु— हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।’ तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन् ।
बुद्धिसागरको पाँचौं कृति हो, ‘उसले दिएको उमेर’ । कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासंग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया