‘कौसीद’माथि सेन्सर बोर्डको दादागिरी, दृश्य काट्न लगाएर प्रमाणपत्र

काठमाडौँ - विदेशी फिल्मप्रति लचिलो हुने तर नेपाली फिल्मलाई सकेसम्म दुःख दिने आरोप लाग्दै आएको नेपालको सेन्सर बोर्डले यो परम्परा कायम राख्दै ‘कौसीद’को क्लाइमेक्स नै परिवर्तन गर्न बाध्य बनाएको छ । निर्माता केदार भुषालले फिल्मको क्लाइमेक्स परिवर्तन नगरे सेन्सर पास नै नगर्ने धम्कि दिएपछि आफूहरूले बाध्य भएर फिल्मको कथा नै परिवर्तन गर्नुपरेको बताए ।
‘बुधबार सेन्सरका लागि दिएका थियौँ । क्लाइमेक्स भएन । कि काट्नुस् कि रिसुट गर्नुस् भन्नु भयो । रिसुट गर्न सम्भव थिएन । त्यसैले उहाँहरुलाई चित्त बुझ्ने गरी काटेपछि उहाँहरुले बल्ल आज सेन्सर पास गरिदिनु भयो ,’केदारले भने, ‘भन्न खोजेको कथा नै भन्न पाइएन । तर कर्मचारीसँग झगडा गरिरहने तागत पनि हामीसँग भएन ।’
सेन्सर रोकिएपछि फिल्मका शुक्रबार बिहानी र दिउँसोका सो प्रभावित भएका छन् । फिल्म रिलिज नभएपछि हलले दर्शकको पैसा फिर्ता गर्नुपरेको थियो ।
केदारका अनुसार सेन्सर बोर्डले फिल्मको क्लाइमेक्सले भ्रष्टाचार गर्न प्रेरित गर्ने भन्दै दृश्य परिवर्तनका लागि बाध्य पारेको हो । चलचित्रले मध्यमवर्गीय परिवारको संघर्षको कथा प्रस्तुत गर्छ । चलचित्रको शीर्ष भूमिकामा भोला सापकोटा र ऋचा शर्मा रहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया