‘कामिनो’ बनेन, सन्तोष सेनको ‘बलिदान’मा अटाएनन् प्रदीप ?

काठमाडौँ - अघिल्लो साल दुई दुई फिल्म दर्शकलाई दिएका प्रदीप खड्काको यो साल खाली जाने निश्चित जस्तै देखिएको छ । यो साल फ्लोरमा जाने भनेको ‘कामिनो’ फ्लोरमा गएको अत्तोपत्तो छैन भने उनको घरेलु निर्माता सन्तोष सेनले पनि यो पटक प्रदीप बिनै नयाँ फिल्म सुटिङ गर्ने चर्चा छ ।
‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले अब ‘बलिदान’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । केही दिनमै फिल्मको फस्टलुक टिजर पनि सार्वजनिक हुँदैछ । तर यो टिजरमा प्रदीप खड्का अटाएका छैनन् । सन्तोष सेनले डमीका रुपमा कलाकार प्रयोग गरेर टिजर बनाएको चर्चा छ ।
निर्माण टिमले प्रदीपको संलग्नतालाई लिएर स्पष्ट धारणा सार्वजनिक नगरे पनि सेन निकट स्रोतका अनुसार कथामा प्रदीप नसुहाउने भएकाले यो पटक सेनले अरु नै कलाकार लिएर काम गर्दैछन् । यो भनाइ सत्य पनि देखिन्छ किनभने यतिबेला प्रदीप अष्ट्रेलिया पुगेका छन् ।
जबकि सेनले फिल्मको सुटिङ तिहार लगत्तै गर्ने बताएका छन् । यदि प्रदीप फिल्ममा हुन्थे भने सायद अहिले वर्कसपमा हुन्थे । छैनन् मतलब प्रदीप फिल्ममा पनि छैनन् ।प्रदीपले दिनेश राउतको निर्देशनमा तीनवटा फिल्ममा काम गर्ने चर्चा भइसक्यो । तर दिनेश राउतको फिल्मको काम पनि अघि बढ्न सकेको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया