भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा

काठमाडौं - अभिनेता पल शाहले जाजरकोट भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाई उनले ५० हजार सहयोगको घोषणा गरेका हुन ।
‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालमार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणामा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’
धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धी निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया