‘टाइगर ३’ मा ऋतिकको पनि केमियो

मुम्बई- सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको ‘टाइगर ३’ सफल फ्रेन्चाइज मात्र नभएर केमियोका कारण पनि प्रतीक्षित मानिएको छ । इमरान हासमीको समेत मुख्य भूमिका रहेको फिल्ममा शाहरुख खानको विशेष भूमिका रहेको छ । तर प्रदर्शनको हप्ता दिन बाँकी रहँदा निर्माण टिमले फिल्ममा ऋतिक रोशनको पनि विशेष भूमिका रहेको खुलासा गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म भित्र ऋतिक ‘वार’ फिल्मको चरित्र ‘कबिर’को भूमिकामा देखिनेछन् । ‘टाइगर ३’ लाई पनि निर्माण कम्पनीले ‘स्पाई युनिभर्स’को हिस्साको रुपमा निर्माण गरेकाले फिल्ममा ‘पठान’ र ‘वार’का चरित्र पनि देखिएका हुन् । तर ट्रेलरमा निर्माण टिमले शाहरुख र ऋतिक दुवैको अनुहार लुकाएको छ ।
फिल्मले ट्रेलर सार्वजनिक पछि दर्शकको अपेक्षा बढाएको छ । फिल्ममा सलमानको प्रस्तुतिसँगै दर्शकले कट्रिनाको तौलिया फाइट खुब रुचाएका छन् । यसमा शाहरुख खान र ऋतिकको उपस्थितिले दर्शकलाई झन् हौस्याएको छ । आफ्नो आफ्नो फ्यान बेस भएका सलमान, शाहरुख र ऋतिकको एकै फ्रेमको उपस्थितिलाई दर्शकले तीव्रताका साथ प्रतीक्षा गर्न थालेका छन् । फिल्म आउँदो आइतबारदेखि प्रदर्शन हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया