भूकम्प पीडितका लागि सहयोग घोषणा गर्दै चलचित्रकर्मी

काठमाडौँ - रुकुम–जाजरकोट भूकम्प पीडितका लागि नगद सहयोग गर्नमा चलचित्रकर्मी पनि अग्रसर देखिएका छन् । उनीहरूले पीडितलाई राहत, उद्धा र पुनस्र्थापनमा सहयोग गर्ने उद्देश्यसहित नगद रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।
शनिबार अभिनेता पल शाहले भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए । उनले टिम नेपालमार्फत सो रकम पीडित समक्ष पुर्याउने उद्घोष गरेका थिए ।
आइतबार ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले पनि फिल्म निर्माण कम्पनी आशुषेन फिल्ममार्फत ६१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । उनले रुकम र जाजरकोटका जनता कठिन घडीमा रहेको समयमा मनोरञ्जनका सामाग्री पस्कनु न्यायोचित नहुने भन्दै आज सार्वजनिक गर्ने भनिएको उनको आगामी फिल्म ‘बलिदान’को फस्टलुक टिजर सार्वजनिक कार्यक्रम पनि रद्द गरिएको जानकारी गराएका छन् ।
यसैगरी कोशी प्रदेशका चलचित्रकर्मीको साझा संस्था नेपाल चलचित्रकर्मी महासंघले भूकम्प पीडितका लागि ६० हजार सहयोग गर्ने घोषणा गरेका छन् । अध्यक्ष अरुणकुमार प्रधानले आफूहरूले ६० हजार रुपैँया सहयोग गर्ने निर्णय गरेको बताउँदै बाँकी दातालाई पनि हातेमालो गर्न आग्रह गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया