इतिहासमै कम कमाउने फिल्म बन्यो अर्जुन–भूमिको ‘लेडी किलर’

मुम्बई- १ अर्बभन्दा बढी जनसंख्या भएको भारतमा चल्तीका कलाकार भएको फिल्मको पहिलो दिनको कमाई ३८ हजार ? झट्ट सुन्दा यो खबर झुठा हो कि भनेझैँ लाग्छ । तर सत्य यही हो ।
शुक्रबार रिलिज भएको अर्जुन कपुर र भूमि पेडनेकर अभिनित चलचित्र ‘लेडी किलर’ले पहिलो दिन जम्मा ३८ हजार कमाइ गरेको छ । यो फिल्मको पहिलो दिन
२ सय ९३ वटा टिकट बिक्री भएको खबर छ । बलिउड फिल्मको कमाईको आँकडा प्रस्तुत गर्ने स्कनिकका अनुसार यो फिल्म बलिउड फिल्मकै इतिहासमा कम कमाई गर्ने फिल्मको रुपमा दर्ज भएको छ ।
यो फिल्म पूरा सुटिङ नसक्दै हलमा लागेको थियो । फिल्मको २० प्रतिशत सुटिङ बाँकी छँदै निर्माण टिमले हलमा रिलिज गर्ने निर्णय गरेको थियो । फिल्म प्रचार पनि गरिएको थिएन र रिलिजको हप्ता दिन पनि बाँकी नरहँदा यसको ट्रेलर सार्वजनिक गरिएको थियो ।
तर अर्जुन कपुरले भने फिल्मको कुरा हुँदा यो फिल्ममा काम गर्दा आफूलाई चरित्रबाट निस्कन बिदामा बस्नु परेको अनुभव सुनाएका थिए । ‘लेडी किलर फरक फिल्म थियो । मानसिक र शारीरिक रुपमा मैले र भूमिले धेरै कुरा खर्चिएका थियौँ । मैले ४५ दिन दिएको थिएँ र सकिएपछि बिदामा बस्नु परेको थियो,’ उनले भनेका थिए ।
यसअघि कंगना रनावतको ‘तेजस’ले पनि पहिलो दिन १ लाख कमको व्यापार गरेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया