गाँजाको संकट समाधान गर्न हलिउड कलाकारको जो बाइडनलाई खुला पत्र

लसएन्जल्स- गायिका तथा अभिनेत्री सेलेना गोमेजले जो बाइडनलाई खुला पत्र लेख्दै गाँजा संकटमा भूमिका खेल्न आग्रह गरेकी हुन् । हलिउडका गायक तथा अभिनेताले जो बाइडनलाई खुला पत्र लेख्दै इजरायल र हमासबीचको द्वन्द्व समाधानका लागि सकारात्मक हस्तक्षेप गर्न अनुरोध गरेका हुन् । सेलेना गोमेज यसरी पत्रमा हस्ताक्षर गर्ने नयाँ सदस्य भएको समाचारहरूमा उल्लेख गरिएको छ ।
यो अभियानमा जेनिफर लोपेज, जयन मलिक, बेला हाडिड, गिगी हाडिड आदि कलाकार पहिलेनै जोडिएका थिए । उनीहरूले तत्काल गाँजामा शान्ति कायम गर्न जो बाइडनलाई आग्रह गरेका हुन् । यो अभियानलाई अक्सफाम र एक्सन एड युएसएले सहयोग गरिरहेको समाचारमा उल्लेख छ ।
खुला पत्रमा लेखिएको छ, ‘आदरणीय राष्ट्रपति, हामी कलाकार तथा अभियन्ता वा त्योभन्दा बढी मानवीय हिसाबले हामीले इजरायल र प्यालेस्टाइन बीच चलिरहेको युद्ध र यसमा भएको क्षतिलाई हेरिरहेका छौँ । हामी चाहान्छौँ, राष्ट्रपति र अमेरिकी कंग्रेसले युद्धरत क्षेत्रमा शान्ति स्थापनका लागि तुरुन्त भूमिका खेल्नुहोस् ।’
जो बाइडनलाई लेखिएको खुला पत्रमा अनुष्का शंकर, बेन एफलेक, ब्राडली कुपर,दुवा लिपा, क्रिस्टेन स्टेवार्ट, जोय एलविन, चानिङ तातम आदि कलाकारले पनि हस्ताक्षर गरेको जनाइएको छ । सेलेनाले युद्ध सुरु भए लगत्तै प्यालेस्टाइनमा भएको युद्धको विरोध गर्दै इन्स्टामा लामो स्ट्याटेस लेखेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया