कन्सर्टको आम्दानी भूकम्प पीडितलाई दिँदै गायक सुनिल सिंह ठकुरी

नेपालगन्ज - नेपालगन्जमा कात्तिक २४ गते हुन लागेको ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने भएको छ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको उक्त कन्सर्टमा पप गायक सुनिल सिंह ठकुरी र स्थानीयले कलाकारले आफनो प्रस्तुति राख्ने तयारी गरिरहेका छन् ।
सुनिलको पहिलो पटक आफनो गृह जिल्लामा एकल कन्सर्ट हुन लागेको हो । यसअघि उक्त कन्सर्ट आयोजनाबाट भएको आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने भनिएको थियो । तर गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुममा धेरै मानवीय क्षति भएकोले प्रभावित क्षेत्रका जनताको लागि उठेको सहयोग गरिने गायक सुनिल सिंह ठकुरीले बताए । प्रभावित जिल्लामा गएर जिल्ला प्रशासन कार्यालयको अनुमति र समन्वयमा सहयोग गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताएका छन् ।
आगामी कात्तिक २४ गते रामलीला मैदान नेपालगन्जमा हुने कन्सर्टमा स्थानीय म्युजिक ब्यान्ड आवाज द ब्यान्ड, स्थानीय कलाकारको एकल तथा सामूहिक नृत्य लगायतको प्रस्तुति रहनेछन् । कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टलसमेत राखिनेछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टमा स्थानीय कलाकारलाई प्रोत्साहने गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुति दिनेछन् ।
कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाईन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाइभ देखाइनेछ । गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यू गरेका थिए ।
ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया