स्वास्थ्य बीमालाई व्यवस्थित गर्छौं : मन्त्री बस्नेत

काठमाडौँ -स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित तवरले अघि बढाउने बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थित तवरले अघि बढाउने बताएका हुन् ।
एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा पुगेर पनि सुविधा लिन सक्ने गरि तयारी गर्ने उनले बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि ध्यान केन्द्रित गरेको जिकिर गरे । उनले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्तिको दरबन्दी थप्ने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री बस्नेतले शिक्षा नीतिले विद्यार्थीलाई विदेश पलायन हुन बाध्य बनाएको भन्दै स्वस्थ्य जनशक्ति उत्पादन गर्न र विदेशीलाई पनि नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षण गराउन शिक्षा नीति सच्याउनुपर्ने बताए ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया