‘भ्रष्टाचारी जतिलाई पुर्याइदेउ छेउ’ घन्किँदा नविनसँगै नाचे ज्येष्ठ नागरिक

भैरहवा - ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ' भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ’ भन्दै गायक नविन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीया ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई संगीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकैबेरसम्म नाचिन् ।
उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ’ भन्दै दोहोर्याउँदै तन्नेरीकै शैलीमा अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत् जनतालाई जागरुक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् ।
गायक नविनकै गीत सुनेर अर्की ७५ वर्षीया राधा गौतमले पनि जोशका साथ नाचेर साथ दिइन् । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ’ दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अक्कमक्क पारिन् । युवाहरुले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई ज्येष्ठ नागरिक आमाहरु त प्रतिनिधिमुलक पात्र हुन् ।
भैरहवामा जारी छैटौँ प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दीर्घामै गएर पनि केही गीत पस्के ।
गायक पौडेललाई नेपालको लोक, कला, संस्कृति र साहित्य क्षेत्रमा योगदान पुर्याएबापत जनसेवा श्री पदकले समेत सम्मानीत भएका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया