एनिमलको चार दिन : कुन दिन कति कमायो ?

मुम्बई- रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले देश र विश्वको बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
रणवीर कपुरले फिल्ममा आफ्नो दमदार अभिनयका साथ धुम मचाएका छन् । उनको यसअघि कहिल्यै नदेखेको अवतार हेर्न दर्शकहरू थिएटरमा भिडिरहेका छन् ।
योसँगै ‘एनिमल’मा पनि नोटको वर्षा भइरहेको छ । फिल्मले रिलिज भएको तीन दिनमै दुई सय करोडको आँकडा पार गरेको थियो । सोमबारको टेष्टमा पनि फिल्म शीर्ष स्थानमा रहेको छ । यहाँ जानौँ ‘एनिमल’ ले रिलिजको चौथोँ दिन अर्थात सोमबार कति करोडको व्यापार गरेको छ ?
जसरी ‘एनिमल’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ, त्यो हेर्दा यो फिल्म इतिहास रच्ने दिशामा अघि बढिरहेको छ भन्न सकिन्छ । यो फिल्म रणवीर कपुरका लागि सपनाको फिल्म बनेको छ ।
अभिनेताको करियरको सबैभन्दा ठूलो ओपनर हुनुका साथै यो फिल्मले शाहरूख खानको ‘जवान’ अर्थात् रिलिज भएको तीन दिनमै भारतमा बक्स अफिसमा सबैभन्दा तीव्र गतिमा २०० करोडको आँकडा पार गर्ने कीर्तिमान पनि बनाएको छ । अहिले यो फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।
एनिमल’को कमाईको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन ६३.८ करोडको कलेक्सन गरेको थियो । दोस्रो दिन शनिबार फिल्मले ६६.२७ करोड कमाएको छ । तेस्रो दिन अर्थात आइतबार ‘एनिमल’ ले ७१ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अब फिल्म रिलिजको चौथोँ दिन सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आइसकेको छ ।
प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘एनिमल’ ले रिलिजको चौथोँ दिन अर्थात सोमबार ३९.९ करोड भारु कलेक्सन गरेको छ । जससँगै ‘एनिमल’को चार दिनको कुल कमाई २४१.४३ करोड पुगेको छ ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया