प्रधानन्यायाधीश राणाले बोलाए ‘फुलकोर्ट’ बैठक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको र 'भर्चुअल' रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
सर्वोच्च स्रोतका अनुसार बैठकले कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो । त्यो फुकाउने या जारी राख्ने विषयमा बैठकमा छलफल हुनेछ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि रोकिएको अवस्थामा बोलाइएको पूर्ण बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया