रिहा भए पूर्वगृहमन्त्री खाण

काठमाडौँ- नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी रिहा भएका हुन् ।
विभागले खाणलाई १५ लाख धरौटी लिएर छोडेको थियो । त्यस लगत्तै कारागारबाट खटिएको प्रहरीले खाणलाई अख्तियारको जिम्मा लगाएको थियो । अख्तियारले उनलाई साधारण तारेखमा छाडेकाे हाे ।
मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र पाण्डेको संयुक्त इजलासमा खाणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो । उक्त विवादको टुंगो तेस्रो न्यायाधीशसमक्ष पेस गरी सुनुवाइ गर्ने निर्णय भएको थियो ।
तर,अर्का न्यायाधीश खरेलले खाण निर्दोष रहेको विश्वास गर्न मिल्ने मनासिव आधार नभएको उल्लेख गर्दै फरक राय पेस गरेका थिए । न्यायाधीशबीचको राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा खाणको निवेदनमाथि सुनुवाइ भएको हो ।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएपछि उनीहरूले जिल्लाको आदेशविरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको दाबी गर्दै उच्चमा पुनरावेदन गराएका थिए ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया