सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

सिरहा- बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका-४ का २१ वर्षीय रोहित दासविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो । आरोपी भने फरार छन् ।
विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफकाई र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीबारीमा पुर्याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएको छ ।
आफन्त र परिवारका सदस्यले विद्यालय गएकी छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए । खोज लागस गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए । खोजीकै क्रममा शनिबार बिहान मात्र गोलबजार-४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए ।
प्रहरीसामु घटनाबारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटनाबारे सबै बताएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले साेमबार जाहेरी दर्ता भइसकेको बताए ।
उनले भने, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरूकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भइसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।’
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ । न्युजकारखाना

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया