ईश्वर पोखरेलको प्रश्न : कोशी प्रदेशको नामकरण एमालेले गराएको हो र ?

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो । आइतबार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनी समेत दिए ।
उनले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ? भनि प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया