मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रम दाहाल

मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रम दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तो गरी काम गर्न नसकेको बताएका हुन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गरे । आफू नेपालको कूटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रामक ढंगले अगाडि बढेको पनि उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरूको प्रकृतिअनुरूप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको उल्लेख गरे ।

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना

प्रतिक्रिया