तराई/मधेश फास्ट ट्रयाकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले तराई/मधेश फास्ट ट्रयाकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार उक्त आयोजनाका विषयमा नेपाली सेनासँग छलफल गर्दै समितिले आयोजना निर्माणमा देखिएका समस्या समाधान गरी सहज रूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले पूरक प्रभाव मूल्याङ्कन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्तिलगायतका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन, अर्थलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्नका लागि सबै पक्षहरूबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषदको कार्यालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
बैठकले फास्ट ट्रयाक निर्माणका सन्दर्भमा सेनाबाट माग भएबमोजिम आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमा नै उपलब्ध गराउन र आवश्यक अन्तर निकाय समन्वयको सहजीकरका लागि पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताए ।
त्यस्तै बैठकले सार्वजनिक खरिद ऐन, नियमावलीअनुसार कामकाज गर्न र फास्ट ट्रयाकमा संलग्न ठेकेदारहरूसम्बन्धी विवादको विषयमा जानकारी लिने निर्णय गरेको छ भने आवश्यक समयमा आयोजनाको भ्रमण गर्ने निर्णय भएको सभापति खतिवडाले जानकारी दिए ।

सामाजिक रूपान्तरणका लागि पत्रकारिता, शिक्षा र कर चेतनाको आवश्यकता: उपसभामुख …

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

तीन तहका सरकारबीचको समन्वयमा मन्त्रालयको काम प्रभावकारी बनाइएको छः उद्योगमन्त्र…

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

विपक्षी दलहरूले अस्थिरताको पक्षपोषण गरे: प्रधानमन्त्री ओली

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

प्रतिक्रिया