अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु हाे : मन्त्री किराती

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु भएको बताएका छन् ।
उपत्यका व्यापी संयुक्त बृहत् क्रिस्मस महोत्सवलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताएका हुन् । उनले परिवर्तनगामी शक्तिहरूको एकताले नै मुलुकको परिवर्तन थप बलियो हुने धारणा राखे ।
उनले मिलेर संविधान बनाएकाले गरिबीको अन्त्यका लागि पनि मिलेर नै अघि बढ्नुपर्ने जिकिर गरे । अरूलाई विरोध गरेर आफू साबित हुने काम नयाँ भनिएकाहरूले गरेकाले एजेण्डामार्फत मुद्दा स्थापित गर्न सक्नुपर्ने उनले बताए ।
मन्त्री किरातीले एउटा जाती एउटै भेष भन्दै राजतन्त्रका बेला अरू धर्महरूलाई पेल्ने काम भएको र अहिले मुलुकमा गणतन्त्र आएपछि सबै धर्म जात बराबर भएको धारणा राखे ।

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना

गृह श्रमिकहरूलाई कानुनी मान्यता दिन सरकारको तयारी

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

प्रतिक्रिया