छोराले धकेल्दा पाँचथरमा ८३ वर्षीय बाबुको मृत्यु

पाँचथर- आफ्नै छोराले धकेल्दा पाँचथरको कुम्मायक गाउँपालिका-१ मा ८३ वर्षीय वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा गैरीगाउँका चन्द्रमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
४८ वर्षीय छोरा घनेन्द्र तामाङले चन्द्रमानलाई पैसा मागेको र नदिएपछि धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक दिवस कुँवरले बताए । चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरू घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
चन्द्रमानको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइएको छ ।

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया