मन्त्री किरातीको प्रष्टीकरण : बहसका लागि धन्यवाद, सबैको अस्तित्व सम्मान गर्छु

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।
बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर संसदीय समितिदेखि सामाजिक सञ्जालमार्फत मन्त्री किरातीको विरोधसहित मन्त्रीबाट बर्खास्त गरेर कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।
चौतर्फी आफ्नो अभिव्यक्तिको विरोध भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै मन्त्री किरातीले आफू सबैको धर्मको अभिभावक रहेको र सबैको अस्तित्वको सम्मान गर्ने बताएका हुन् ।
आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै फेसबुकमा उनले लेखेका छन्:
बहसको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गराँै । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता आज

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिक्रिया