दिदीबहिनीमाथि जबरजस्ती करणी आरोपमा लमजुङबाट एकजना पक्राउ

लमजुङ- दिदीबहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
१४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट सात दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले दुई जना बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया