अभिताभको कारण फिल्म पाउन नसकेका अभिषेक अन्ततः कसरी भए सफल ?

मुम्बइ - अभिषेक बच्चन बलिउडमा आएको धेरै वर्ष भइसकेको छ । उनले उद्योगमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । तर एक समय थियो जब कोही पनि उनलाइ आफनो फिल्ममा लिन चाहँदैनथे ।
अभिषेकलाई सधैं उनका पिता अमिताभ बच्चनसँग तुलना गरिन्थ्यो । तर अब उनले आफ्नो उत्कृष्ट अभिनयले मानिसको धारणा बदलिसकेका छन् । अभिषेकका लागि उद्योगमा आउन सजिलो थिएन । यसको पछाडिको कारण अरू कोही नभइ उनका बुवा अमिताभ बच्चन थिए ।
अभिषेक बच्चनले गलाता प्लसको राउन्ड टेबलमा आफ्नो फिल्म संघर्षको बारेमा कुरा गरेका छन् । अभिषेकले एक समय थियो, जब उनी अमिताभ बच्चनका छोरा भएकाले उनलाई कसैले पनि आफ्नो फिल्ममा कास्ट गर्न चाहँदैनथे ।
अभिषेकले फिल्म नपाए पछि साथी र फिल्ममेकर राकेश ओम प्रकाशसँग मिलेर स्क्रिप्ट लेख्न थालेको खुलासा गरेका छन । फिल्म निर्माताले आफ्नो फिल्मका लागि कलाकारको खोजी गरिरहेका थिए र कसैलाई पनि भेट्न सकेनन्। उनले यो फिल्मको नाम ‘समझौता एक्सप्रेस’ राखे ।
अभिषेकले फिल्मका लागि आफूले जुँगा पनि राखेको बताए । तर, जब उनले यो स्क्रिप्टअमिताभ बच्चनलाई निर्माण गर्न लागेको जानकारी दिए तर बिग बीले यसलाई बकवास भन्दै अस्वीकार गरिदिए, जसले अभिषेकलाइ थप निराशा बनायो ।
अभिषेक बच्चनले अगाडि भने कि, बिग बीले उनलाई फिल्मफेयर अवार्डमा चियर गर्न लगेका थिए । जहाँ जेपी दत्तले अभिषेकलाई देखेका थिए । त्यसको केही दिनपछि उनले फिल्मका लागि अभिषेकसँग सम्पर्क गरे । यो नै उनका लागि करिअरको टर्निङ प्वाइन्ट बनिदियो ।
जेपी दत्तको ‘रिफ्युजी’बाट अभिषेक बच्चनले यसरी डेब्यु गरिदिए ।यो फिल्मबाट नै करिना कपुरले पनि बलिउड इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया