'जय माता दी' भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुरविरूद्द मुद्दा दर्ता

मुम्बइ - एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवारविरूद्द मुद्दा दर्ता भएको छ ।
क्रिसमस मनाउने भिडियो भाइरल भएपछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरूविरुद्ध धार्मिक भावनामा ठेस पुर्याएको भन्दै बुधबार एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । तर, यस विषयमा एफआईआर दर्ता भएको छैन।
सञ्जय तिवारीले आफ्ना वकिल आशिष राई र पंकज मिश्रमार्फत घाटकोपर प्रहरी चौकीमा दर्ता गराएको उजुरीमा भिडियोमा अभिनेताले ‘जय माता दी’ भन्दै केकमा रक्सी खन्याएको र आगो लगाएको दाबी गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘हिन्दू धर्ममा अन्य देवताहरूलाई पुकार्नु अघि अग्नि देवतालाई आव्हान गरिन्छ तर कपूर र उनको परिवारका सदस्यहरूले जानीजानी अर्को धर्मको चाड मनाउने क्रममा मादक पदार्थ प्रयोग गरे र ‘जय माता दी’को नारा लगाए।’
जसका कारणा उजुरीकर्ताले हिन्दुहरूको धार्मिक भावनामा ठेस पुगेको आरोप लगाइएको छ ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया