शाहरूखको डंकी ४०० करोड क्लबको नजिक

मुम्बई- राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’को बक्स अफिसमा दबदबा जारी छ ।
गत २१ डिसेम्बर, २०२३ मा विश्वभरका थिएटरहरूमा रिलिज भएको फिल्मले बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ ।
‘सलार’ जस्तो ठूलो एक्सन फिल्मसँग टक्कर भएपनि यो फिल्म पर्दामा मात्र टिकिरहेको छैन, सन् २०२३ को शाहरुख खानको तेस्रो ब्लकबस्टर फिल्म पनि साबित भएको छ । सन् २०२३ मा किंग खानका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए र यी तीनैले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेका छन् ।
‘डंकी’ ले घरेलु बक्स अफिसमा मात्रै बलियो कलेक्सन गरेको छैन, विश्वभर पनि राम्रो कमाइ गरिरहेको छ । फिल्मले ४ सय करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।
फिल्मको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले इन्स्टाग्राममा पोष्ट गरेको छ कि फिल्मले ११ दिनमा विश्वभर ३८०.६० करोड भारु कमाएको छ भने घरेलु बक्स अफिसको कमाई पनि ‘डंकी’को २०० करोडको नजिक पुगिसकेको छ ।
प्रभासको ‘सलार’, ‘डंकी’ रिलिज भएको भोलिपल्ट अर्थात २२ डिसेम्बर २०२३ मा रिलिज भएको थियो । जसका कारण फिल्मको कमाईमा केही असर परेको थियो । तर, अहिले शाहरुख खानको यस वर्षको तेस्रो फिल्म डंकीले पनि उत्तिकै राम्रो कलेक्सन गरिरहेको छ ।
‘सलार’को विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने यो ‘डंकी’भन्दा बढी रहेको छ । जसअनुसार ‘सलार’ले विश्वव्यापी कलेक्सन ६०० करोड क्लबमा पुगेको छ ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया