धादिङ फोस्रेटारको पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध
काठमाडौँ : धादिङको फोस्रेटारमा त्रिशुली नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध बनेको छ । धादिङको गल्छी गाउँपालिका १ स्थित फोस्रेटार र नुवाकोटको केउरेनी जोड्ने पक्की पुल सञ्चालनमा आएको एक हप्तामा फेरि अवरुद्ध भएको हो ।
पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि बाटो नबन्दा पूल अवरुद्ध थियो । स्थानीयले आफ्नो घरको बाटो दिन नमानेपछि पुल सञ्चालनमा आउन सकेको थिएन । बाटो खुलाउन युवाहरु र अरु गाउँले मिलेर आन्दोलन गर्नुका साथै अभियान समेत सुरु गरेका थिए ।
चौतर्फी दबाब परेपछि स्थानीय तहका जनप्रतिनिधिको पहलमा स्थानीयलाई सम्झाई बुझाई गरेर अवरोध गरिएको बाटो खुलाएर पुल सञ्चालनमा आएको थियो । तर बाटो बन्दै गर्दा स्थानीयले फेरि बाटो अवरुद्ध गरेपछि पुल नै सञ्चालनमा आउन समस्या भएको हो ।
ुबिहीबार राती स्थानीय तिलक गैरेले बाटो बन्ने ठाउँमा फलाम गाडेर बाटो अवरुद्ध गरेका हुन् । ठेकेदारले सहमति भएको बाटोमा ग्राभेल गर्न खोज्दा आफूलाई थाहा नदिइएको भन्दै बाटो अवरुद्ध गर्नु परेको उनको भनाइ छ ।
बाटो अवरुद्ध भएपछि गाडी रोकिएका छन् । गाँउलेले फेरि आन्दोलनको तयारी गरेका छन् । २०७१ साल असार ३१ गते ठेक्का सम्झौता भएपनि गएको बैशाखमा मात्रै पुल निर्माण सम्पन्न भएको थियो । स्थानीयले फेरि बन्द भएको बाटो खुलाउन जनप्रतिनिधिसँग आग्रह गरेपनि सुनुवाइ नभएको स्थानीय युवा राजकुमार श्रेष्ठले जानकारी दिए ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया