प्रमुख समाचार

डोजरले घर भत्काएपछि सञ्चालनमा आयो धादिङ फोस्रेटारको पक्की पुल

युवाहरुको दबाब अभियानले विवाद समाधान, स्थानीय खुशी

इकागज |
जेठ १३, २०७८ बिहीबार ६:५१ बजे

काठमाडौँ : पक्की पुल बनेर पनि स्थानीयले बाटो नदिँदा तीन महिनासम्म ठप्प बनेको त्रिशुली नदीमाथिको धादिङ र नुवाकोट जोड्ने पुल बुधबारदेखि सञ्चालन भएको छ । मगंलबार र बुधबार दिनभर भएको छलफलपछि बुधबार बेलूकी डोजरले घर टहरा भत्काएर बाटो खोलेर पुल सञ्चालनमा आएको हो ।

धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ केउरेनी जोड्ने १९२ मिटर लामो पुल निर्माण भएपछि पुल नजिकै पर्ने बाटोमा घर टहरा बनाइएका कारण पुल ठप्प थियो । जसका लागि स्थानीयले विरोध गर्दै आएका थिए भने युवाहरुले दबाब अभियान सुरु गरेका थिए ।


स्थानीय अर्जुन खतिवडा र बासु खतिवडाले बुधबार घर भत्काउन अनुमति दिएपछि डोजरले बाटो बनाएको हो । २०७१ सालदेखि निर्माण सुरु भएको यो पुल २०७४ मा बनाई सक्नु पर्ने भएपनि यसै वर्ष मात्रै निर्माण सम्पन्न भएको थियो ।

सात वर्षपछि बनेको पुल बुधबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि गल्छीदेखि केउरिनी हुँदै धादिङबेशी तथा नुवाकोटको तारुका जान १० किलोमीटर छोटो बाटो बनेको छ । 

यसअघि यो बाटो नबनेका कारण बिरामी बोकेको एम्बुलेन्स जान नसक्दा समयमै अस्पताल पुर्याउन नसकेर एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएर विरोध र दबाब अभियान सुरु गरेका स्थानीय युवा राजकुमार श्रेष्ठले बताए । तर महिनौँ लामो विवाद समाधान भएर बाटो बनेपछि अहिले सबै युवा र स्थानीय खुशी भएको उनले बताए । 

र यो पनि


Author

थप समाचार
x