संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्छ : उपसभामुख

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने बताएकी छन् ।
सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन् ।
अहिले संविधानमा ३३ प्रतिशत महिलाको व्यवस्था गरिएको भए पनि सबै महिला रबर स्ट्याम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन् । उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैँले लडेर ल्याउनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै वर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन् ।
उदयपुरमा मगर संघले माघी अर्थात मगर सङ्क्रान्तिको उपलक्ष्यमा हुर्रा नृत्यदेखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किराँत समुदायले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया