कृष्ण गौतमको ‘अद्वैत’ बजारमा

काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’ पाठकमाझ आएको छ । दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको उक्त उपन्यास रोचक शैलीमा लेखिएको छ ।
‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गर्थ्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने' गौतमले भनेका छन् 'मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।’
नेपाली साहित्यमा समालोचकका रूपमा प्रसिद्ध गौतमका थुप्रै समालोचनाकृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ६७५ रुपैयाँ रहेको छ ।

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : बसन्त चौधरीको उपन्यास ‘देवयानी’

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_5sF4eOlTYq_cn1jo5nlfjfuslp5jaz9ncynbn6gf26ubvvax2s2wscmbf1fpyxrrbewmzls.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

प्रतिक्रिया