जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी (मोरङ)- कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर-६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनुपर्ने बताएका हुन् ।
'नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो,' उनले भने । उनले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गरे । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।
विराटनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।

नख्खु कारागार पुगे रवि लामिछाने

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

प्रतिक्रिया