एक महिनापछि खुल्यो गरुडा नगरपालिकामा लगाएको ताला

माघ- एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ ।
एक महिना भन्दा बढी दिनदेखि गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।
नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरूले विभिन्न माग राख्दै विगत एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिँदै आएका थिए ।
नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरूको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि नगर उपप्रमुख चौधरीसहित आन्दोलनरत वडा अध्यक्षहरूले आज ताल्चा खोलेका हुन् । जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयसवालर र आन्दोलनरत पक्षबीच विभिन्न बुँदामा लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेको जनाएका छन् ।
ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यसअघि दुवै पक्षबीच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछि उक्त वार्ता असफल हुँदै आएको थियो । तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच भएको वार्तामा सहमति जुटेको थियो । वार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरूबीच लामो समयदेखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

बलान नदीमा डुबेर बालक बेपत्ता
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

प्रतिक्रिया