कोशी प्रदेश पहिचान वार्ता जारी

काठमाडौँ- पहिचानसहित कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता जारी छ ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको वार्ता समितिले औपचारिक पत्र पठाएर आह्वान गरेपछि संयुक्त संघर्ष समिति वार्तामा आएको हो । वार्ता विराटनगरस्थित एक होटलमा भइरहेको छ ।
माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको तीन सदस्य समिति बनाएको थियो ।
वार्तामा प्रदेश नं. १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोबिन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जम्नेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी गरी ११ जना रहेका छन् ।
फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान
सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भालु खोलाले बालक बगायो, ६०० मिटर तल भेटियो शव
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_2p3wXjFuTV_lmw6vkjyvgsvcmdivbljoyeyxe2zeumedscimpt670ck8e3hk2oiqsot85eg.jpg)
प्रतिक्रिया