आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

गौतमदासकाे "झिमिक्कै परेली" भिडियो सार्वजनिक

काठमाडौं - गायक गौतमदास मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रडक्सनमा हाइलाइटस् नेपाल च्यानल मार्फत "झिमिक्कै परेली" भिडियो गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्।

अन्जु मानन्धरद्वारा निर्मित उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत चर्चित संगीतकार अनिल शाहीको रहेको छ। मनोज महर्जन र हसना महर्जनद्वारा अभिनय गरेको यस गीतको छायाङ्कन तथा सम्पादन अभिग्राफी र साथमा बबिन देसारको रहेको यस गीतको नृत्य निर्देशक रेश्मा खड्गी र सुमित शाहीले गरेका छन्।

अहिले बजारमा चल्दै आएको लोक, आधुनिक रोमांटिक डान्सिङ बिटको समिश्रणमा बनेको यस गीतका गायक गौतमदास मानन्धरले यस अघि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीतहरु गाईसकेका छन् ।