वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्यो मुद्दा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
यही माघ ३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो । बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ ।

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

प्रतिक्रिया