सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजाने बताएका छन् ।
मेची आखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउँदै लैजाने बताएका हुन् । उनले अहिले ९२ हजार स्वास्थ्यकर्मी आवश्यक भए पनि २८ हजार जनशक्ति मात्र रहेको जिकिर गरे ।
३२ हजारको जनशक्ति तत्काल परिपूर्ति गर्ने गरी प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले मन्त्रालयले एक सयदेखि तीन सय शय्यासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएसको पढाइ सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै उनले आँखा उपचारको सेवा विस्तार गर्नुपर्ने र ७७ जिल्लाबाट सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रतिक्रिया