एआई प्रविधिमा ‘तिमी जे बन उदाहरण बन’ [भिडियोसहित]

काठमाडौँ- सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआईमा मानिससरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ ।
गुगल, माइक्रोसफ्ट, लेनोभोजस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिका विभिन्न एपहरू चर्चामा पनि रहेका छन् ।
ती एपहरूले सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छन् अर्थात् ‘ओपन सोर्स’मार्फत सूचना निर्माण गर्ने काम गर्छन् । यसै प्रविधिमार्फत हाल नेपाली गीतका लागि श्रव्यदृश्य तयार गरिएको छ ।
गायक प्रमोद खरेल र गायिका डा त्रिशाला गुरुङले गाएको बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन, उदाहरण बन’ को श्रव्यदृश्य एआई प्रविधिमार्फत तयार गरिएको हो ।
'हामीले सोचेजस्तो भिडियोलाई एआईको मद्दतले तयार गरेका हौँ । अहिले विश्वभर प्रविधिको प्रयोग बढिरहँदा हामीले पनि सुरुआत गरेका हौँ,' निर्देशक नव ढुङ्गेलले भने, 'गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जेजस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।'
श्रव्यदृश्यलाई राजु बस्नेतले सम्पादन गरेका हुन् ।
भिडियो

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया