सांसदहरूले भने : समाज कल्याण परिषदको कामकारबाही प्रभावकारी भएन

काठमाडौँ- सांसदहरूले समाज कल्याण परिषद् अन्तर्गत भइरहेका कामकारबाहीप्रति प्रश्न उठाएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनीहरूले परिषदमा अनियमिततासम्बन्धी विषय उठेको र संस्थाको कामकारबाही प्रभावकारी नभएको बताएका हुन् । परिषद्ले आफ्नो जिम्मेवारीअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत भइरहेका कामको पर्याप्त नियमन र अनुगमन गर्न नसकेको उनीहरूको भनाइ छ ।
समिति सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई नियमन गर्न परिषद्को ऐन नै परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए । उनले समाजकल्याण परिषद्को काम प्रभावकारी नहुँदा लक्षित वर्गमा विनियोजित रकम खर्च हुन नसकेको जिकिर गरे ।
त्यस्तै समिति सदस्य मनिष झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन प्रभावकारी नभएको बताए । उनले १८९ संस्थाको कार्यक्रमको अनुगमन गर्दा त्यसको मापदण्डमा पनि प्रश्न उठेको धारणा राखे ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाजकल्याण परिषद् ऐन अनुसार आफ्नै नियमानुसार चल्ने गरेको र मन्त्रालयको कुनै हस्तक्षेप नरहेको बताए । यसलाई समयसापेक्ष सुधार गर्न पुरानो ऐन परिमार्जन गर्नुपर्ने धारणा राखे । परिषद्का कामलाई प्रभावकारी बनाउन कार्यदल नै गठन उनले जानकारी दिए ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमन राज अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत हुने खर्चको ठूलो रकम सरकारी कोष र बजेट प्रणालीभन्दा बाहिरबाट भइरहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया