झापामा ८ महिने बालकको हत्या : एकजना पक्राउ, अनुसन्धानका लागि आमा प्रहरी नियन्त्रणमा

झापा- झापामा आठ महिनाका एक बालकको हत्या भएको छ ।
हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाका एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो ।
बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया