महिला प्रिमियर कप क्वार्टरफाइनल : कुवेतसँग खेल्दै नेपाल

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलका खेल आज हुँदैछन् ।
जसअनुसार क्वार्टरफाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।
त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार ब्यहोरेको थियो ।
आजै अन्य क्वार्टरफाइनलमा बिहान ११:१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७:१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दैछन् ।
१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया