क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ- कार दुर्घटनामा परेर क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन वटा कार ठोक्किएका थिए ।
कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेका छन् । प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरू दुवै जना अविवाहित भएको बुझिएको छ ।
उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए । दुई वर्षअघि क्यानडा पुगेका उनीहरू बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो ।
इलाममा १४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

प्रतिक्रिया