गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

कास्की- गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए ।
नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ ।
स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ ।

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

बागलुङ र पर्वतमा साढे ९९ हेक्टरमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

तनहुँमा उद्योग दर्ता घट्यो

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

प्रतिक्रिया