आइसीसी क्रिकेट विश्वकप लिग–२ : आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी सुरुवात गरेको छ भने नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार व्यहोरेर दोस्रो खेल खेल्दै छ ।
लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_7iAqSlAYKE_o0nolrthaghlo5tast3sju6nui9scf8nt0hc7thqana8pbicfejfgsjbewao.jpeg)
प्रतिक्रिया